भिजिट मधेश नेपाल–२०२०’ काे घोषणा !


२०७६ पुस २३ - काठमाण्डाै - गत जनवरी १, २०२० देखी नेपाल भ्रमण बर्ष अारम्भ भएकाे छ । 'नेपाल भ्रमण वर्ष २०२०' लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ काे पनि घोषणा गरिएको छ । तराई र मधेशका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेश नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ ।

नेपाल भ्रमणका लागि आएका विदेशी पाहुनालाई मधेश भ्रमण गराउने उद्देश्यका साथ याे कार्यक्रम घोषणा गरिएको बताइएकाे छ । भिजिट मधेश नेपालले मङ्गलबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र 'भिजिट मधेश' नामको मोबाइल एपको पनि सुरुवात गरेकाे हाे । जसबाट तराईको फरक पर्यावरण, ऐतिहासिक, हावापानी, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई थप आकर्षित गर्न मद्दत पुग्ने विश्वास लिइएकाे छ ।