ट्रिपर चालकहरूलाई सपथ खुवाइयाे !


२०७६ पुष २९ काठमाडौं - काभ्रेमा अधिकांश ठाउहरूमा सडक दुर्घटना टिपरका कारण हुने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र बागमति टिपर ब्यवसायि संघले दुर्घटना न्युनिकरण अभियान शुरु गरेकाे छ ।

जसमा दुर्घटना न्युनिकरणका लागि ट्रिपर चालकहरूलाई शपथ ग्रहण गराइएको छ । चालकहरुलाई मादक पदार्थ सेवन गरी गाडी नचलाउने लगायतका १० बुँदे शपथ गराइएको हो । काभ्रे जिल्लाबाट मात्रै दैनिक दुई हजार भन्दा बढी टिपर उपत्यका भित्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।