आज र भाेलि नेपालका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना


२०७६ पुस २३ - काठमाण्डाै - नेपालका धेरै ठाउँहरूमा बुधबार र बिहिबार मेघ गर्जन सहित पानी पर्ने सम्भावना रेहेकाे माैसम पुर्वअनुमान महाशाखाले जनाएकाे छ । पश्चिमी वायुको प्रभावले आज र भाेलि देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका हुन ।

उहाँका अनुसार अहिले काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेकाे माैसम रहिरहने र मेघ गर्जन सहित पानी पर्ने सम्भावना उच्च रहेकाे छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा पनी बाक्लाे हिमपात पनि हुने उहाँले जानकारी दिनुभयाे । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद्को अनुमान रहेकाे छ ।