मनाङ मर्स्याङ्दी अंक तालिकाको शिर्ष स्थानमा


काठमाडौं, पुष १८: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत चौथो चरणका सबै खेलहरु सकिएका छन् । लिगमा हालसम्म सहभागी सबै १४ ओटै ए डिभिजन क्लवहरुले ४-४ खेल खेलिसकेका छन् । चौथों चरणको समाप्तिसम्म खेलेका तिन ओटा खेलमा जित र एकमा बराबरी गर्दै लिगको गत सिजनको विजेता मनाङ मर्स्याङ्दी क्लव यो सिजनमा पनि अंक तालिकाको शिर्ष स्थानमा पुग्न सफल भएको छ ।

मनाङले जारी लिगमा १० अंक जोडेको छ । यसैगरी तिनमा जित र एक मा बराबरी खेलेको मच्छिन्द्र क्लव ९ अंक सहित दोस्रो स्थानमा छ । समान ९ अंक नै जोडेको नेपाली सेनाको त्रिभुवन आर्मी गोल अन्तरका कारण तेस्रो स्थानमा छ भने ८ अंक बनाएको जावालाखेल क्लव चौथो स्थानमा छ ।७ अंक जोडेको अर्को विभागीय टोली नेपाल पुलिस पाचौं स्थानमा छ भने समान ७ नै बनाएको थ्री स्टार छैठौं स्थानमा परेको छ । ६ अक जोडेको ब्रिगेड व्याइज सातौ स्थानमा पर्न सफल भएको छ भने समान ४-४ अंक बनाएका न्यूरोड, च्यासल, एपिएफ र सकंटा क्रमशः आठौं, नवौं, दशौं र एघारौं स्थानमा छन् ।

२ अंक बनाएको हिमालयन शेर्पा बाहौं स्थानमा रहदा एक अंक जोडेको फ्रेण्डस १३औ र कुनै अंक जोड्न नसकेको सरस्वती क्लव अंक तालिकाको पुछारमा पुगेको छ । लिगमा हालसम्म जम्मा ४८ गोल भएको छ जसमा च्यासल क्लवका स्ट्राइकर सन्तोष साहुखलले सर्वाधिक ३ गोल गरेका छन् । लिगमा हालसम्म ६ जना खेलाडीले रातो कार्ड पाएका छन् ।