इमोमार्फत १० लाख ठगेको आरोपमा सात जना पक्राउ


२०७६ पुस २९ सामाजिक सन्जालकाे उपयाेग बढेसंगै अपराध गर्न मानिसहरू बिभिन्न हर्कत गर्न संजालका बिभिन्न म्यासेन्जिङ प्लेटफर्म युज गरिरहेका छन । सामाजिक सञ्जाल इमो मार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रङ्गेली नगरपालिका ६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनवर्षी नगरपालिका ८ का २२ वर्षका अब्दुल सलाम, भारत विहारका २५ का शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्मद ईसुलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै १० लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हाे । उनीहरूले इमोमार्फत चिठ्ठामा २५ लाख भारतीय रुपैयाँ परेको भन्दै ठग्दै आएको प्रहरीले बताएको छ ।

भारु २५ लाखको चिठ्ठा परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनी पटक-पटक गरी १० लाख भन्दा बढी रकम ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिएका छन । आफू ठगिएको भन्दै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । धामीको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । यस्ता ठगीका धन्दाहरू बिशेष गरी इमाे भाइबर ह्वाट्रस एप जस्ता चर्चित म्यासेन्जिक एपकाे सहरा मार्फत हुुने गरेका छन । तपाइहरू पनी बिशेष सजक रहनुहाेला ।