नेपालीहरु विदेश जादा ५ महिनामै बाहि-रियो साढे ३१ अर्ब


२०७६ माघ ६ - काठमाण्डौ - पछिल्लाे तथ्याङक अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालीहरूले विदेश घुमघाम र अध्ययन यात्राकाे क्रममा करिब साढे ३१ अर्ब रुपैयाँ खर्च गरेकाे तथ्याङक साबर्जनिक भएकाे छ । नेपाल राष्ट्र बैंकले साेभबार प्रकाशित गरेको एक रिपोर्ट अनुसार गत साउन देखि मंसिर सम्म नेपालीहरूले शिक्षा र विदेश भ्रमणमा ३१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकाे हाे । शिक्षातर्फ १४ अर्ब ७६ करोड रुपैयाँ तथा भ्रमणको लागि १६ अर्ब ७६ करोड रुपैयाँ नेपालबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको हाे ।

राष्ट्र बैंकले बिदेशमा अध्ययनको लागि जाने नेपालीहरुको खर्चलाई पनि वैदेशिक भ्रमण व्ययमै राख्ने गरेको छ । साे रकम गत वर्षको ५ महिनाको तुलनामा भने २३ दशमलव ७ प्रतिशतले कम रहेकाे छ । गत वर्षको सुरुको ५ महिनामा भ्रमण व्यय ४१ अर्ब ३४ करोड रहेकाे थियो । जसमा भ्रमणमा १९ अर्ब २० करोड र शिक्षातर्फको खर्च २२ अर्ब १४ करोड रहेको थियो ।