दामनको रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीयकाे यस कारण ज्यान गयाे !


२०७६ माघ ७ - काठमाडौं - मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्ट मा ‘नाइट स्टे’ का लागि बसेका ८ भारतीय पर्यटकले ज्यान गुमाएका छन । उनीहरू नेपाल घुम्न भारतको केरला बाट १५ जनाको समूह नेपाल आएका थिए जसमा २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ एउटै कोठामा सुतेका थिए ।

होटलमा मंगलबार बिहान बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरे लगत्तै अचेत अबस्थामा रहेका ४ पुरुष र ४ महिला गरी ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टर बाट उद्धार गरी काठमाडौंकाे हेम्स अस्पतालमा ल्याइएकाे थियाे , आकस्मिक कक्षमा उपचारका क्रममा सबैको ज्यान गएकाे हाे ।

ज्यान गुमाउने हरूमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्ट मार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले बताए।