१२२ चिनियाँ नागरिककाे भिसा र राहादानी रद्द ! राखियाे कालाे सुचीमा । उनीहरूलाइ चीन पठाइँने ।


२०७६ पुस २३ काठमाण्डाै - नेपालकाे राजधानी काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई नेपाल सरकारले चीन फिर्ता पठाउने तयारी गरिरहेकाे छ । पक्राउ परेका चिनियाहरूलाइ चाइनाइस्टन एयरको विमानबाट ४२ जनालाई पहिलो समूहमा दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकीलाई साउदन एयरवेजबाट ६ बजेर ५५ मिनेटमा चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पाैडेलले जानकारी दिएका छन ।

उनीहरूलाइ जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले दुर्व्यवहार मुद्दामा एक हजार रुपैयाँ जरिबाना तिराइ छाड्ने आदेश दिएपछी कारबाहीको जिम्मेवारी अध्यागमन विभागलाइ रहेकाे थियाे ।

विभागले उनीहरुको भिसा अनुसन्धान गर्दा दुरुपयोग नभएको भेटिएकाे र प्रहरीको अनुसन्धानमा पनि उनीहरूले ठूलो अपराध गरेकाे नदिखिएकाे भन्दै चीन पठाउने भएकाे हाे । चीन लैजान विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् । उनीहरुलाई चीन पठाउन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको विभागका महानिर्देशक पौडेलले बताए ।

याे संगै चिनियाँ दूतावासले उनीहरुको राहदानी रद्द गरेकाे छ । साथै विभागले उनीहरुको भिसा रद्द पनी गरिदिएको छ । साथै उनीहरूलाइ कालाे सुचीमा राखेर ४ वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि कालोसूचीमा राखिएको अध्यागमन विभागले जनाएको छ । १२२ जना चिनिया नागरीक गएको पुस ७ गते काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ परेका थिए । नेपाल चीन सम्बन्ध सुद्रिद भैरहदा एका एक ठुला मात्रामा चिनिया नागरकिक नेपालमा पक्राउ परेपछी धेरैले नेपाल चीन मित्रतामा असर पर्न सक्ने अबस्था सिर्जना हुन सक्ने अनुमान गरे पनी त्यसकाे ठिक बिपरित चिनले भने बक्तब्य जारी गर्दै चीनकै अावह्रवानमा साे अभियान चलाइएकाे बताएकाे थियाे ।