चोचाङ्गी पुन मगर परिवार भेटघाट, तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


२०७६ माघ १२ - पाेखरा - माघे सकरान्ती पर्बकाे अवसर पारेर चोचाङ्गी पुन मगर परिवार भेटघाट, अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

२०७६/१०/११ गते शनिवार अर्चलबोत पुन मगर समाज घर पोखरामा बिशेष कार्यक्रमका साथ चोचाङ्गी भाइखलकहरूकाे, अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम, जेस्थ नागरिक मन बहादुर चोचाङ्गी पुन मगरकाे प्रमुख अथित्यतामा, चोचाङ्गी भाइ परिवार पोखराका अध्यक्ष दिर्घ चोचाङ्गी पुन मगर अद्यक्षतामा सम्पन्न भएकाे हाे ।

साे अबसरमा चोचाङ्गी भाइ परिवार पोखराका उपाध्यक्ष रुकमान्द चोचाङ्गी पुन मगर, घाचोक परिवारका अध्यक्ष ख बहादुर चोचाङ्गी पुन मगर, सल्लाहकार बोम बहादुर चोचाङ्गी पुन मगर लगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । साथै साे अबसरमा कोषाध्यक्ष भिजेन्द्रमान चोचाङ्गी पुन मगरले अर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमलाइ संचालन: डिके चोचाङ्गी पुन मगरले गर्नुभएकाे थियाे । कार्यक्रमको मुल उदेश्य चोचाङ्गी भाइपरिवारको तथ्यांक संकलन तथा कला सस्कार सस्कृतिमा एकरुपता ल्याउनु रहेकाे डिके चोचाङ्गी पुन मगरले जानकारी दिनुभयाे ।