आज - ४ माघ २०७६ शनिवार को राशिफल । २०२० जनवरी १८


- ज्यो.प. नारायणप्रसाद दुलाल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ - साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो - आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह - शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो - सानातिना समस्यामा अल्झिनुपर्नेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे - न्यायिक कार्यमा सफलता मिल्नेछ । आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । भूमि लाभपनि रहला ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो - राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते - आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु - निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे - छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि - धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । मनोबल उच्च रहनेछ ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द - धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि - महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रा गर्दा सचेत हुनुपर्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

स्राेत : हाम्राे पात्राे