देशभर हिमपात र वर्षा जन जिवन कष्टकर


२०७६ पुष १८ नेपालका बिभिन्न स्थानमा आज भारी हिमपात र वर्षाको भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा हिमपात र वर्षाको भएकाे हो । हाल नेपाल अधिराज्यभरी सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

यो क्रम आज राति सम्म पनि जारि रहनेछ । भोलि र पर्सि पनि उच्च पहाडि तथा हिमालि भु-भागमा हिमपात र पहाडि थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलि संगै वर्षा र हिमपातको संभावना रहेकोले चिसो बढ्ने हुँदा सतर्कता अपनाउन मौसमबिद्हरुले अनुरोध गरेका छन।

मनाङमा भारी हिमपात भएकाे दृश्य