रानी पोखरी पुन: निर्माण तीव्र गतिमा : कहिले हुदै छ पुरा ?


२०७६ पुष २७ काठमाडौं - आगामी २०७७ काे वैशाख सम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम तीव्र गतीमा भैरहेकाे छ । पोखरीको ४६ प्रतिशत काम सकिएको छ अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।

गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गतीमा तिब्रता लिएको हो । निधार्रीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ । बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन। रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख रुपैया बजेट विनियोजन गरेको थियाे । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड रुपैया बजेट विनियोजन गरेको थियाे।