आजको राशिफल - २५ पौष २०७६ शुक्रवार


२५ पौष २०७६
ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहान सुखपनि मिल्नेछ । आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक-सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी विवाद बढ्नेछ । चोटपटकपनि लाग्न सक्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।