नारायणगढ–मुग्लिन सडकखण्ड भोलि दिउँसो पनि बन्द हुने


२०७६ पुष २३ काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम अाज पनी नसकिएपछि भोली दिउँसो पनि सडक बन्द हुने भएको छ ।ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले सडक आयोजनाले सूचना जारी गर्दै भाेली दिउँसो सम्म सडक बन्द हुने बताएकाे हो ।

गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ । दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयाे ।

सो अवधिमा इमरजेन्सी सवारी साधनलाईे भने प्रवेश छुट दिइनेछ । सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम अहिले भइरहेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।