२१ हजार भन्दा बढी भूकम्प पिडितको गुनासो सम्बोधन !


२०७६ पुष २४ काठमाणडाैं - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका २१ हजार भन्दा बढी गुनासो सम्बोधन गरेको बताएकाे छ । प्राधिकरण कार्यकारी समितिको बैठकले २१ हजार ६०० को गुनासो सम्बोधन गरेको हो । बैठकले ८४१ आवेदनलाइ पुनःनिर्माण लाभग्राही कायम गरेको छ भने ८३६ लाइ प्रवलीकरण लाभग्राहीमा सूचीकृत गरेको छ । १८ हजार २०० गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताएका छन ।

यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो