बाजुराको रुगिन केन्द्रविन्दु : ४.५ रेक्टर स्केलको भूकम्प


२०७६ पुष २७ - काठमाडौं - बाजुरामा केही बेर अगाडी भूकम्पको धक्का महशुस भएको छ । बाजुराको रुगिन केन्द्रविन्दु भई आइतबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएकाे हाे । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

पहिलाे भूकम्प गएको केहीबेरमै फेरी पनि अर्काे भूकम्पको धक्का महशुस भएको स्थानीयले वासीहरूले जानकारी दिएका छन् । साे भूकम्प पनी पहिलेकै भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएकाे छ । बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भूकम्पको केन्द्रविन्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भूकम्पको धक्का महशुस भएको बताइएकाे छ । भूकम्पले पुर्रयाएका अन्य क्षति बिबरण भने आउन बाँकी रहेको छ ।