ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै, आइतबार देखी माैसममा सुधार आउने


२०७६ पुष १९ काठमाण्डाै - नेपालमा पश्चिमी वायु कमजोर बन्दै गएकाेले ठूलो पानी पर्ने र हिमपात हुने क्रम क्रमस रोकिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी क्षेत्रमा शनिबार दिउँसो हल्का पानी परे पनि अब ठूलो पानी पर्ने सम्भावना भने तत्काल नरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन । तराई भेगमा पनि मौसम खुल्दै गएको महाशाखाले जनाएकाे छ ।

भाेली आइतबारबाट नेपालभरकै मौसममा क्रमशः सुधार आउने महाशाखाले जनाएको छ । मध्य र पूर्वका उच्च हिमाली क्षेत्रमा भने अहिले पनि हल्का हिमपात भैरहेको र अरु क्षेत्रमा हिमपात रोकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्णरुपमा भने नखुल्ने महाशाखाले बताएकाे छ ।