बेलायत आजबाट औपचारिक रूपमै इयुबाट बाहिरिँदै,


२०७६ माघ १८ - काठमाडौं - यूरोपेली युनियन ( इयूमा) आवद्ध भएको करिब आधा शताब्दी पछि बेलायत आजबाट - (January 31) औपचारिक रूपमै बहिर्ग मनमा जादै छ । सन् २०१६ मा भएको जनमत संग्रहबाटै इयूबाट पक्षमा जनमत पाएको बेलायत सरकारले त्यस यता विभिन्न चरणको प्रयास पछि आज मध्यराती बाट युरोपेली मुलुकहरुको साझा संगठनको सदस्यता अाैपचारिक रूपमै छोड्न त्याग्न लागेकाे हो ।

इयू आवद्ध राष्ट्रहरुको साझा संसद यूरोपेली संसदले इयू बाट बेलायतको बहिर्गमन सम्वन्धी ब्रेक्जिट प्रस्ताव अस्ति बहुमतले पारित गरेको थियो । इयूको सदस्यता छोडे पनि संक्रमण कालिन व्यवस्थापनका लागि बेलायत आगामी ११ महिनाका सम्म इयूकै अधिकांश कानून भित्रै रहने बताएकाे छ ।