भेलभर्ड बर्खास्त बार्सिलोनाको नयाँ प्रशिक्षकमा सेटिन । काे हुन क्विक सेटिन ?


२०७६ पुस २९ काठमाडौं - स्पानिस महारथी फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भेलभर्डलाई बर्खास्त गरी उनको स्थानमा रियल बेटिसका पूर्व-प्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ । ५५ वर्षीय भेलभर्डले बार्सिलोनालाई लगातार दुई ला लिगाको उपाधि दिलाएका थिए । याे सिजन पिन गोल अन्तरमा रियललाई पछि पार्दै बार्सिलोना ला लिगामा शीर्ष स्थानमा छ । गत सिजन लिभरपुल संग ३ शुन्यकाे अग्राता लिएपनी दाेस्राे लेगमा ४ शुन्यकाे अकल्पनिय हार संगै भेलभेर्डको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुग्न असफल भएको थियो ।

त्यसै गरी गत सिजन स्पेनिस सुपर कपमा समेत भ्यालेन्सिया संग हार्दै कप जित्ने सपना पनी चकनाचुर भएकाे थियाे ।

यस्तै केही दिनअघि मात्र बार्सिलोना स्पानिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो । जसले गर्दा भेलभेर्डको बर्खास्तीको बाटो तय भयो । बार्सिलोनाले नयाँ प्रशिक्षक सेटिनसँगसाढे दुई वर्षको सम्झौता गरेको छ । उनलाई केलबले मंगलवार सार्वजनिक गर्ने जनाएको छ । भेलभेर्डको स्थानमा बार्सिलोनाको प्रशिक्षकका लागि क्लबकै पूर्व खेलाडी जाभीदेखि टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटोसम्मको नाम चर्चामा रहे पनि अन्त्यमा सेटिन नियुक्त भएका हुन् । लिगका पुछारका क्लब सम्हालेका सेटिनले लस पलमलाई ४० वर्षको इतिहासमा ११ औं स्थानमा पुर्याएका थिए ।

यस्तै रियल बेटिसलाई शीर्ष ६ मा राख्दै युरोपा लिगमा छनोट गराएका थिए । उनको प्रशिक्षणमा बेटिसले बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडलाई समेत पराजित गरेको थियो । सेटिनले बेटिसमा २ वर्ष बिताएका थिए ।