गोरु जुधाइमा डिफेन्डिङ च्याम्पियनलाइ हराउदै ‘सानो भाइ’ले मार्याे बाजि


२०७६ माघ १ - धनकुटा - माघे संक्रान्तिको अवसरमा धनकुटाको पाख्रिबासमा भएको गोरु जुधाइ प्रतियोगितामा ‘सानो भाइ’ नाम गरेको एउटा गोरु प्रथम भएको छ । प्रगतिशील सेवा समाजको आयोजनामा नगर-पालिकाको वडा नं ७ मुगामा भएको गोरु जुधाइमा पाख्रिवास–९ चुङवाङका राजकुमार गिरीले पालेको सानो भाइले फाइनल भिडन्तमा मसुरे राइको जोवाने गोरुलाई पराजित गरी नगद २५ हजार जितेकाे हाे ।

साे प्रतियाेगिताकाे डिफेन्डिङ च्याम्पियन मसुरेको जोवाने गाेरू सानाे भाइसंग हारेपछी दाेस्राे हुदै जोवानेले नगद १० हजार रुपैयाँ मा चित्त बुझायाे । प्रथम हुन सफल सानो भाइलाई धनी राजकुमार गिरीले झण्डै तीन घण्टा हिँडाएर प्रतियोगितामा सामेल गराएको बताए । विजेता गोरु र तिनका घरधनीलाई नगरपालिकाका प्रमुख बृखबहादुर राईले नगद पुरस्कारसहित सम्मान गरे । ‘मेरो गोरुले गाउँको नै इज्जत राख्यो, ८० हजारमा किन्न आउँदा पनि दिइनँ’ राजकुमारले भने, ‘अर्को बर्ष पनि याे प्रतियोगितामा फेरी ल्याउँछु । उनले यस बर्ष भाग लिने कुनै योजना नभए पनि साथीभाइले भनेपछि हेरौं न भनेर ल्याएको बताएका छन । उपाधी जितेपछि निकै हौसिएका राजकुमारले गोरु र गाउँघरका साथीभाइलाई पार्टी दिने बताएका छन ।