महिनाै देखी हलमा नेपाली फिल्मकाे खडेरी किन ?


२०७६ पुष २५ - काठमाणडाै - केही समय अगाडी सम्म एकै दिन २/३ वटा नेपाली चलिचत्र रिलिज भएर भिडन्त हुने गर्थ्याे, निमार्ता हरू बिच चलचित्र रिलिज गर्न र भिडाउन हाेडबाजी नै चल्थ्याे तर अहलेकाेअबस्था बिल्कुलै फरक छ । क्रम केही समय देखी राेकिदै नेपाली फिल्म जगत केही शुन्य जस्तै भएकाे छ । आज पनी शुक्रबार नेपालका सिनेमा घरहरूमा कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन भएनन ।

यस्ताे अबस्था अाज मात्र नभै कन विगत करिब एक महिना अगाडी देखि कुनै पनि नेपाली चलचित्र नेपालका फिल्म हलमा लागेका छैनन । गत मंसिरको अन्तिम हप्ता तिर प्रर्दशनमा अाएकाे नेपाली चलचित्र ‘प्रेम संसार’ पछि हलमा नेपाली चलचित्रकाे खडेरी नै लागेकाे हाे । बिगत एक महिना भन्दा बढी सय देखि नेपाली हलमा नेपाली चलिचत्र हलमा नलागेपनी अंग्रेजी र हिन्दी चलचित्र भने प्रदर्शन भैरहेकाे छ ।

आज शुक्रबार पनी पनि २ नयाँ हिन्दी चलचित्र नेपालका हलमा प्रर्दशनमा अाएका छन । याे हप्ता सम्म नेपाली चलचित्रकाे खडेरी भैरहेपनी आउँदो शुक्रबार भने नेपाली चलचित्र ‘१२ सत्ताइस’ रिलिज हुने भएकाे छ । चलचित्र कर्मिका अनुसार नेपाली चलचित्रका निर्माताहरु चिसाे मौसममा चलचित्र रिलिज गर्न खासै रुचाउँदैनन् । यसैले, पनि पौष महिनामा चलचित्र रिलिज नभएको हुनसक्ने बताउछन ।

तर, केही चलिचत्र कर्मी भने यो बर्ष चलचित्र निर्माणमा समेत निकै कम भरएकाले पौष महिनामा चलचित्रको अभाव हलमा देखिएको बताउछन अहिले नेपाली चलिचकाे खडेरी महसुस भएपनी अाउने । माघको १७ गते रिलिज हुने चलचित्र ‘कर्मा’ र त्यसैगरी त्यसकाे अर्काे हप्ता २४ गते रिलिज हुने एक्सन नायक बिराज भट्टकाे ‘साङ्लो अनि सेल्फी किङ्ग’ले भने नेपाली चलचित्रले बजार तताउने अपेक्षा गर्न सकिन्छ । एक महिनादेखि हलमा नेपाली चलचित्र छैनन् भने करिब २ महिनादेखि नेपाली चलचित्रका लागि हलमा दर्शक छैनन् ।