भारतबाट चोरेर ल्याएको १ करोड रुपैयाँ सहित ३ जना पक्राउ


२०७६ पुस २९ - भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँ सहित प्रहरीले कैलालीमा ३ जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीकै गौरिगंगा नगरपालिका २ कि ३२ वर्षकी बिन्दाकुमारी थापा (रावल) र बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का (थापा) र लाई साे रकम सहित पक्राउ गरेको हो । उनीहरले भारतको दिल्लीबाट साे रकम चोरी गरेको ल्याएकोले प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ । उनीहरूले उक्त रकम मङ्सिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले बताएकाे छ ।

बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले भारतबाट पैसा चोरी गरेको र कैलाली गौरिगंगाकी बिन्दा कुमारी थापा (रावल) चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ । भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । प्रहरीले कैलालीको गौरिगंगा २ मा बिन्दाकुमारी थापा (रावल) को कच्ची घर कोठाभित्र सुत्ने खटियामुनि खाल्डो खनी टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

अग्रवालले सुनका गरगहनासहित १ करोड ४ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोप लगाएका थिए तर प्रहरीले भने अहिलेसम्म ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद भएकाे जनाएकाे छ । ‘चोरी भएको गहना र अन्य रकम काे खाेजी भैरहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताएका छन ।