काठमाडौं मा पक्राउ परेका १२२ चिनियाँलाई चीन पठाइयो


२०७६ पुस २३ काठमाडौं - काठमाडौंको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका पक्राउ परेका १२२ जना चिनियाँई आइतबार चीन पठाइएको छ । चिनियाँ नागरिकलाई काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटका हिरासतमा राखिएका बसमा राखेर विमानस्थलसम्म लगिएको थियो । उनीहरुलाई चीन सरकारले ल्याएको चार्टर्ड विमान चाइना इस्टर्न र वेस्टर्नमा राखेर चीन पठाइएको हो ।

प्रहरीले पक्राउ गरी उनीहरुलाई अभद्र व्यवहारको मुद्दा भलाइ १००० जरिवाना तिराउने आदेश भएकाे थियाे । जरिवाना वापतको रकम मंगलबार नेपालस्थित चिनियाँ दूतावासले तिरिसकेको छ । चिनियाँ अधिकारीहरुको अनुसार पक्राउ परेकाहरु अाफ्ना नागरिक नेपालमा बसेर चीन विरुद्ध साइबर अपराध गर्दै आएको दाबी छ । तर, नेपाल प्रहरीले गरेको अनुसन्धानले भने चिनियाँ नागरिकको कुनै कसूर नदेखिएपछी उनीहरूलाइ सामान्य जरिमाना गराइ चीन पठाइएकाे हाे । अब चीन सरकारले अाफ्नै तरिकाले अनुसन्धान गरी उनीहरूलाइ कस्ताे सजाय वा कारबाही गर् त्याे भने पछिकाे कुरा हाे । उनीहरू नेपाल र चीनले संयुक्त अपरेशन चलाएउदा काठमाणडाैबाट पक्राउ परेका थिए ।