काँग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि जारी


२०७६ पुष २२ काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संस्थापन इतर समूहका जिल्ला सभापतिहरुको भेला आज पनि जारी रहने भएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो देखी प्रारम्भ भएको भेलाले केन्द्रीय समितिको पुस ११ गतेको बैठकले बहुमतको आधारमा गरेका निर्णयप्रति असहमति जनाएको छ ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत मंसीर २६ गतेदेखि पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ । कांग्रेस जिल्ला सभापतिहरुको भेलाले केन्द्रीय समितिको निर्णयसंगै विधान अनुरूप कांग्रेसलाई अगाडी बढाउने विषयमा छलफल गर्ने नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताएका छन ।