लोक-मार्ग निर्माणमा भोर्लेटार'बासीको विरोध !


२०७६ माघ ०२ - काठमाडौं - नेपालकाे राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तगर्त लमजुङको भोर्लेटारका प्रभावितहरुले विरोध जनाएका छन । नयाँ ट्रयाक अन्तर्गतका प्रभावितहरुले संघर्ष समितिनै गठन गरी नयाँ ट्रयाक खोल्न नदिने चेतावनी दिएका छन् । सडकको नक्शांकन भएको ट्रयाक छोडेर खेती योग्य जमिन मास्न खाेजेकाे भन्दै मध्यनेपाल नगरपालिका–६, भोर्लेटारको रानीपानी देखि रामवजार सम्मको करिब ४ किलोमिटर क्षेत्रका स्थानीयहरूले संघर्ष समिति नै बनाएर विरोध जनाएका हुन् ।

यसअघि आवास क्षेत्रमा पर्ने गरी सडक डिभिजनले कायम गरेको ४२ मिटर फराकिलो बाटोलाई छलेर नयाँ ६४ मिटरको सडक कायम गरिएको संघर्ष समितिले जनाएको छ । बजार भन्दा बाहेक अन्य भुभागमा सडक बनाइएमा किसानहरु उठिबास हुने उनीहरुको भनाइ छ । प्रभावित स्थानीयले क्षतिपूर्तीको समेत माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङमा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दरवजारमा ८ किलोमीटर र मध्यनेपालको १ किलोमिटरखण्डमा स्थानियको अवरोधका कारण सडम निर्माणमा अन्यौलता बढेको छ ।