'ईरान' जहाज दुर्घटना : १ सय ७६ जनाकै ज्यान गयाे


२०७६ पुष २३ - एजेन्सीहरू - इरानमा भएको हवाई जहाज दुर्घटना हुँदा जहाजमा सवार रहेकाे १ ७६ जनाकै मृत्यु भएकाे बताएकाे छ । यसअघि ईरानकाे गैरसरकारी सहयाेगी संस्था 'रेड क्रिसेन्ट' का अनुसार याे दुर्घटनामा काेही पनि यात्रुकाे बाँच्ने सम्भावना एकदम न्यून रहेकाे जनाएकाे थियाे । रायेटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ ७३७ हवाई जहाज इमाम खामेनेई विमानस्थलमा उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएकाे थियाे ।

जहाजमा सवार एक सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यकाे ज्यान गएकाे विमानस्थलका वरिष्ठ जनसम्पर्क कार्यालयका अली खशानीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेकाे छ । विमानमा सवार सबैको ज्यान गएकाे इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । रिपाेर्टमा याे हवाई जहाज युक्रेनकाे राजधानी कीएफ गइरहेकाे बताइएकाे थियाे । ईरानी समाचार एजेन्सी फाेर्सका अनुसार प्राविधिक समस्याका कारण हवाई जहाज दुर्घटना भएकाे हाे ।