सुनकाे भाउ अहिले सम्मकै महँगो !


२०७६ पुष २२ - काठमाडौं - नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोवार भएको छापावाल सुन हिजो पाँच सय रुपैयाँले बढेर प्रतितोला ७६ हजारमा काराेबार भएकाे हाे । जुन नेपाली बजारमा यो अहिले सम्मकै उच्च मुल्य भएकाे हाे ।

सुन चादी ब्यवसायी महासंघका अनुशार सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको सुनको व्यापार ७५ प्रतिशतले घट्न गएकाे हाे । नेपाली बजारमा सामान्य तया दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको भएपनी अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताएका छन । मुल्य भारी मात्रामा बढे पछी अहिले सुन किन्ने भन्दा गहना बिक्री गर्ने बढेका छन। राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन ।