कुलमान घिसिङलाइ चितवनमा सम्मान


२०७६ पुस १९ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनमा सम्मानित हुनु भएको छ । केही बर्ष अगाडी सम्म नेपालमा विकराल अवस्थामा रहेको लोडशेडिङ अन्त्य गरी पर्यटनलगायत नेपालका हरेक क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार कुलमान घिसिङलाई सम्मान गरेको हो ।

चितवनको सौराहामा होटल संघ बाट आयोजित १६ औंँ हात्ती महोत्सव समापन समारोहमा प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँले सम्मान पत्र सहित दोसल्ला ओडाएर कुलमानलाई सम्मान गर्नुभएकाे हाे । साे अबसरमा घिसिङले नेपाल सरकारले दिएको जिम्मेवारी सबैको साथ र सहयोगले पूरा गर्दा लोडशेडिङ अन्त्य गर्ने सानो सफलता मिलेकाे बताउदै गर्दै अब जनतालाई गुणस्तरीय विद्युत् सेवा दिन प्राधिकरण लागी रहेकाे बताउनुभयाे ।