पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण


२०७६ पुष२७ - काठमाडौं - दुरदर्शी राजा पृथ्वीनारायण शाहलाइ आधुनिक नेपालको राष्टपिताकाे रूपमा मान्ने गरिन्छ । शाहले नेापलमा रहेका साना साना राज्यहरू माथी बिजय हासिल गरी सिंगाे नेपाल बनाउन सुरूवात गरेका हुनाले उनकाे महत्वपूर्ण योगदानको स्मरण गर्दै पृथ्वीनारायण शाहप्रति नेपाल सरकारले आज सम्मान व्यक्त प्रकट गरिएको छ । राष्ट्रनिर्माताको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो । दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले शाहलाइ सम्मान अर्पण गरेको हाे । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्न प्रमुख भुमिका निएका थिए । सो अवसरमा कायममुकायम प्रधानसेनापति शरद गिरीलगायत अन्य सुरक्षा निकायका उच्चअधिकृतले पनि राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपालल गायत सङ्घसंस्थाको बाजा गाजा सहितको पदयात्रामा सहभागीले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

पदयात्राका सहभागीले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ’, ‘पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस ’भन्ने जस्ता प्लेकार्ड बोकेका थिए । यसअघि प्रज्ञा–प्रतिष्ठानबाट शाहको ठूलो तस्बीर बग्गीमा राखिएको बाजागाजासहितको पदयात्रा शहरका विभिन्न भागको परिक्रमा गरी शालिकस्थल आइपुगेको थियो । राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, तीनै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, पूर्वप्रशासक एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सिंहदरबार पश्चिम मूलद्वार पुग्नुभएको थियो । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न सङ्घसंस्थाका बेग्लाबेग्लै झाँकी र बाजागाजासहितको पदयात्रा पनि सिंहदरबारनिर आएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट दिइएको ‘दिव्योपदेश’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाे छ ।