बनेपामा १५०० लिटर घरेलु मदिरा नष्ट


२०७६ पुष २७ - बनेपा - बनेपाकाे बसपार्क र पुल बजार वरपरका रहेका भट्टी पसलबाट बरामद गरेकाे घरेलु मदिरा (लाेकल रक्सी) आज प्रहरीले नष्ट गरेकाे छ । बनेमाका भट्टीपसलमा गरिएको जाँचका क्रममा मदिरा फेला परे पछी आज वडा नं ९ र १० का वडाध्यक्षको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले गाउँबाट ल्याएर बनेपाका भट्टीपसलमा मदिरा बेचबिखन गर्ने गरेको पाइएको र त्यसबाट हिंसात्मक गतिबिधी हुन सक्ने भएकाले निषेध गर्नका लागि अभियान सञ्चालन गरिएको बताएका छन ।