प्रहरीकै गाडीमा ट्राफिक प्रहरी द्वारा ह्विल लक


२०७६ माघ ६ - काठमाण्डाै - ट्राफिक प्रहरीले नियम मिच्ने नेपाल प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरेको छ । राजधानी अनाम-नगरको आप्का हाउस अगाडी सडक छेउमा पार्किङ गरिराखेकाे ना १ झ १४२५ नम्बरको नेपाल प्रहरीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेकाे हो । ‘ह्विल लक’ गरेपछी गाडीलाइ चिट काटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस अगाडी पनी नेपाल प्रहरीका डी आइजीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेको थियो ।

अहिले काठमाण्डाै उपत्यकामा अनाधिकृत पार्किङ र लेन अनुशासनमा निकै कडाइ गरिएको ट्राफिक नियम मिच्नेको पद र अनुहार नहेरिने भएकाले नियम अनुसारको कारबाही भोग्नैपर्छ सोर्स फोर्स भन्ने कुरा नसोचे हुन्छ, ट्राफिक प्रहरीले आफ्नो ड्युटी निभाउने प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकालले बताएका छन र नियम मिच्नेलाई सीसीटीभी फुटेजको आधारमा कारबाही भैरहेको पनि ढकालले जानकारी दिनुभयाे ।