कक्षा कोठा भित्र छाता ओढेर पढ्दै बिद्यार्थी !


२०७६ पुष २५ काठमाडौं - विद्यालयको कक्षा भित्र छाता ओढ्नु पर्ने भनेर सुन्दा धेरैलाइ अचम्म लाग्न सक्छ । याे कुनै दुर मुलुकमा नभएर हाम्रै देशका बिद्याथीकाे बिबशता हाे । प्रदेश ५ रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ को राङजात रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको छानो चुहिने भएपछि विद्यार्थीहरु कक्षा कोठाभित्रै पनी छाता ओढेर पढ्न बाध्य भएका छन् ।

विद्यालयको छानो मर्मत नहुँदा सबैजसो कक्षाकोठामा विद्यार्थीहरु पुस महिनाको कठ्याङ्ग्रीदो चिसोमा छाता ओढेर पढ्न बाध्य भएका छन । विद्यायलयको छानो फेर्न पटक–पटक स्थानिय सरकारसँग माग गरिए पनि कुनै सुनुवाई नभएपछि विद्यार्थी हरुले यस्ताे सास्ती भोग्नु परेको बिद्यालयका प्रधानाध्यापक झक्कु ओलीले बताएका छन । छानो चुहिने नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको भवन समेत जीर्ण अबस्थामा रहेकाे छ । भवनका भित्तामा पानी पसेकाले भत्केला भन्ने चिन्ता बढेको शिक्षकहरु बताउछन । विद्यालयको नयाँ भवनमा पनि पानी चुहिए पछि शिक्षक र विद्यार्थिलाइ सास्ती भएकाे हाे ।