महरा प्रकरण नया अपडेट : पीडितको स्वास्थ्य चेक गर्ने डाक्टर झिकाउन आदेश


२०७६ पुस २७ - काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारी (राेश्नी शाही)को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले अाज आइतबार साे डाक्टरलाई बयानका लागि झिकाउन र बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरु लाई पनि बयानका लागि झिकाउन अदालतले आदेश दिएको छ ।

त्यसैगरी प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारी लाई पनि झिकाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताएका छन । संसद सचिवालयकी महिला कर्मचारी राेश्नी शाहीले महरामाथि आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन । तर पछि उनले अदलालतमा महराले आफू माथि बलात्कार प्रयास नगरेको भनी बयान दिएका थिए । साे मुद्दमा भुपु सभामुख समेत रहेका महरा हाल पुर्पक्षका लागि थुनामा रहेका छन।