भखरै पोखरामा शक्तिशाली भूकम्पको धक्का



२०७६ पुष १८ काठमाडौं । पोखरामा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । सुत्न तयारीमा रहेका नागरीकहरू भूकम्पले हलाएपछिसडकमा ओर्लिएका थिए । बिहिबार राति १० बजेपछि करिब ८ सेकेणड जमिन हल्लिएपछी भूकम्पको धक्का महसुस भएको पाेखराका स्थानीयवासीले बताएका छन।
भूकम्पको केन्द्र कहाँ हो भन्ने विषयमा जानकारी आएको छैन भने कति रेक्टरस्केलको भूकम्पको धक्का हो भन्ने पनि एकिन हुन सकेको छैन । यध्यपी हामीले एनएसईटी मा सम्पर्क गर्दा भुकम्प अाएकाे जानकारी हामीलाइ प्राप्त भएकाे र कार्यालय खुले पछी मात्र सम्पुर्ण बिबरण उपलब्त्ध हुने बताएका छन ।