नेकपाले सभामुखमा अग्नि प्रसाद सापकोटालाई उमेद्वार बनाउने


2076 माघ 5 नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएको छ । प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकलले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले सभामुखमा उम्मेदवार दिने निर्णय यसअघि नै गरेको त्यसै अनुसार आज बसेको सचिवालय बैठकले सापकोटलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । यसअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज विहान भएको छलफलमा सभामुखको उम्मेदवारको रुपमा सापकोटालाई अघिसार्ने सहमति बनेको थियो ।