नेपालमा रेल सेवालाई व्यवस्थित गर्न बोर्ड गठनको तयारी


२०७६ पुष २५ - काठमाडौं - नेपाल र भारतबीच रेलमार्ग निर्माण सकिएर सञ्चालनको तयारी भैरहेको बेला रेल सेवालाई अझ व्यवस्थित गर्न छुट्टै बोर्ड गठन गर्न कानूनी निर्माण प्रक्रिया अघि बढेको छ । सरकारले रेलमार्ग ब्यबस्थापनकाे लागी छुट्टै निकायको परिकल्पना गर्दै राष्ट्रियसभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश गर्ने भएको हाे ।

यसअघि रेल सञ्चालनका लागि सरकारले गठन गरेको रेल कम्पनी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागले गर्दै आएका प्रशासकीय कामसहित रेलको निर्माण र सञ्चालन गर्ने गरी बोर्ड गठन गर्ने विधेयकमा उल्लेख रहेकाे छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालन गर्न बोर्ड र कार्यकारी समिति गठनको विषय नेपालमा रेल सञ्चालन र विकासका लागि महत्वपूर्ण रहेको बताए। विधेयकमा रेलमार्ग अरु देशमा विस्तार गर्ने बारेमा समेत उल्लेख गरिएकाे छ ।