मर्स्याङ्दी प्रसारण लाइन अवरोध हटाउन : बाबुराम र कुलमान एकै ठाउँ,


२०७६ माघ ६ - मर्स्याङ्दी करिडोर 220केभी डबल सर्किट विद्युत् प्रसारण लाइनमा रहेकाे विवाद समाधान पहल भएको छ । साे आयोजना को लजमुङ उदीपुर - तनहु मार्कीचोक खण्ड अन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ४ र ५ का बासिन्दाले रुट परिवर्तन गर्न माग गर्दै एक वर्ष अघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध भैरहेकाे हाे । विद्युत प्राधिकरणले मर्स्याङ्दी नदीको किनारहुदै प्रसारण लाइन निर्माणको डिजाइन गरेकाे भएपनी नागरिक उड्डयन प्राधिकरणले त्यसरी लाइन निर्माण गरिएमा पालुङटारमा विमान स्थललाइ समस्या हुने बताएपछी रुट चेन्ज गरिएको थियो । प्राधिकरणले वातावरणीय क्षति कम हुने गरी बस्ती र जङ्गलको बीचबाट प्रसारण लाइनको नयाँ रुट बनाएकाे हाे ।

तर पालुङटारका स्थानीय बासिन्दाले प्रसारण लाइन बस्तीबाट छिराउन अस हमति जनाउँदै आएका छन। लमजुङको गरम वेशीबाट पालुङटार नग रपालिका को वडा नम्बर ४ र ५ हुँदै मार्कीचोकतर्फ जाने ३७ किलोमिटर लाइनको गरमवेशी–पालुङटार ५ दशमलव ६ किमिमा करिब १६ वटा टावर निर्माण गर्नु पर्नेछ । गेम चेन्जर आयोजना को रुपमा हेरिएकाे साे आयोजनामा अवरोध भएपछि गृह जिल्ला गाेरखाका सांसद तथा समाजपार्टीका अध्यक्षा डा. बाबुराम भट्टराई, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नगरपालिका मेयर तथा उपमेयर, प्रदेश सभाका सांसद, शहरी विकास मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण का टाेली लगायतले आयोजनाका प्रस्ता वित रुटबारे स्थानीय बिच पालुङटारमा बिशेष छलफल भएकाे हाे । छलफलका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विभिन्न विकल्पहरुमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ट प्राविधिक विकल्पको रुपमा तय गरिएको हो राजनीतिक फाइदा बेफाइदाभन्दा पनि सामाजिक र वातावरणीय क्षति काम हुने गरी विस्तृत रुपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले सहयोग गरिदिन स्थानीयलाई आग्रह गरे।

घिसिङले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन ठूलो क्षमताको सबस्टे सन बनाइदिन प्राधिकरण तयार गरेको समेत प्रतिबद्धता जनाउनु भयो । तत्काल यो लाइनको निर्माण गर्न सकिएन भने मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्यत् प्रवाह गर्न नसकि अरबाैँ रुपैयाँ पेनाल्टी तिर्नपर्ने अवस्था छ, त्यसैले विकासविरोधी पनि हैन तर मेरो जग्गाबाट लाइन लैजान दिन्न भन्नु भएन, अहिले तय गरिएको रुटबाटै अझै कम क्षति हुने गरी लाइन निर्माण गरिने छ । साे क्रममा डा. भट्टराईले पालुङटार विमानस्थल चल्न व्यवधान नहुने र स्थानीयलाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनु पर्नेमा जाेड दिए । ‘प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौँ, तर मासु पनि खाने रगत पनि नबगाउने भनेजस्तो विकास पनि चाहिने तर आफ्नो भने केही नगुमाउने भन्ने हुँदैन, यसो भन्न थाल्यौँ भने यहाँ आएको विकास पनि गुमाउन सक्छौँ, त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौँ सम्भव नै नहुने देखिएमा अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षतिलाई कम गर्ने तर्फ सोचौँ डा. भट्टराईले भन्नुभयो ।