मालपोतका नायव सुब्बा पक्राउ घुससहित पक्राउ


२०७६ पुस २२ - काठमाडौं - काठमाडौंको साँखुमा अबस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल घुस सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।

लेखापढी ब्यवसायी श्रीराम सापकोटा सापकोटा सँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा कुइँकेल सहित सापकोटालाई नियन्त्रणमा लिएको हो ।