पश्चिमी वायुका कारण नेपालमा फेरि वर्षा र हिमपातको सम्भावना


२०७६ माघ ७ काठमाडौं - पश्चिमी न्यूनचापीय वायुको प्रभावले नेपाल भर वर्षा र हिमपातको सम्भावना फेरी बढेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक - दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे हाे ।

मौसम विद्का अनुसार तराईका भूभागमा बाक्लो हुस्सु-कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ । यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदली सहित वर्षा र हिमपात हुने जस्ता अवस्था दोहोरिरहने छ । राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्य तया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री र अधिकतम १७.२ डिग्री सेल्सियस रहेको छ । सबै भन्दा कम जिरीको न्यूनतम तापक्रम -३.० डिग्री सेल्सियस मंगलबार झरेको थियाे ।