उखु किसान फेरि आन्दोलित


२०७६ माघ ९ काठमाडौं - सरकारले उखु किसान संग भएकाे सहमति कार्यान्वयन नगरेको भन्दै किसान फेरि आन्दोलित भएका छन् । गत पुस १८ गते भएको सम्झौतामा माघ ७ गते भित्र सबै किसानको अघिल्लो वर्षको उखु बिक्री वापतको रकम भुक्तानी गर्ने सहमति भएपनी तोकिएको समयमा सम्झौता अनुसार चिनी उद्योगले भुक्तानी नगरे पछि सर्लाहीका किसान आन्दोलनमा उत्रिएका हुन ।

हिजो सर्लाहीको सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी किसानले आन्दोलनका कार्यक्रम घोषण गरेका हुन । सर्लाही मा उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडम रुपैयाँ मध्ये अहिले सम्म जम्मा १५ करोड रुपैयाँ मात्र भुक्तानी पाएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष उत्पादक महासङ्घका अध्यक्ष कपिल मुनि मैनालीले जानकारी दिएका छन । सरकारले उखु किसान लाई दिने भनिएको अनुदान वापतको रकम एक अर्ब ३४ करोड रुपैयाँ पिन अहिले सम्म नपाएको किसानले गुनासो गरेका छन्।