पुडासैनी प्रकरणमा ‘सीधा कुरा’ टिमले पायाे सफाइ (भिडियो सहित)


२०७६ माघ ७ - काठमाडौं - न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ कायर्क्रमको ४८५ औं एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आत्महत्या दुरुत्साहन मुद्दामा सफाई पाएका छन । सञ्चारकर्मी द्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ ।

जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेल लाई सफाई दिएको हो । अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई सफाई दिएको हो । हेर्नुस भिडियाे :