जापानमा केयर गिभरको रोजगारी फेरि खुल्यो


२०७६ पुस १९ काठमाडौं - जापान सरकारले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यस अगाडी पनी एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले फेरी जनवरी र मार्चमा गरी दुई चरण गरी केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्ने भएकाे हो । परीक्षामा आवेदन दिन , राहदानी, नेपाली नागरिकतावा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ । साे अनुसार जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउने भएका हुन । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहने सँग आवेदन अाबह्रवान गरेको हाे ।

परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ । यही जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा हुनेछ । त्यसै गरी मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति निधार्रण गरिएकाे छ ।

जापानले यस अगाडी गत कात्तिक महिनामा सञ्चालन गरेको भाषा परीक्षामा जम्मा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । तर उनीहरु मध्ये कतिले सीप परीक्षा पास गरे भन्ने बारे भने केही जानकारी दिइएको छैन । यो पटक पनि परीक्षा शुल्क रू २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । युनिभर्सल ल्याग्वेज एन्ड कम्प्युटर इन्स्िटच्युट डिल्लीबजारमा तोकिएको छ । कन्भेक्सनल एन्ड एक्स्प्रेसन, स्त्रिmप्ट, भुक्याबलरी, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित परीक्षा हुनेछ । २ सय अंक आएर उत्तीर्ण भएने साे परिक्षाकाे २५० पूणर्ाङ्कको हुनेछ ।