उखु किसान र सरकार बीच वार्ता सुरु


२०७६ पुस ८ - अहिले आन्दोलनरत उखु किसान र सरकार बिच बीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्ह वार्ता काे सुरु भएको हो । उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकार उनीसंग वार्ताकाे लागी तयार भएकाे हो ।

उखु किसानका तर्फबाट किसान राजेश यादवसहित १५ भन्दा बढी किसान र केही कानून व्यवसायी सहभागी भएका छन् । यस वर्षको उखु बेच्ने बेलासम्म अघिल्लो वर्षको भुक्तानी नपाएपछि किसानहरु काठमाडौंमै आन्दोलन गर्न आएका हुन् । उद्योग मन्त्रालयमा भएको वार्तामा उद्योग सचिव यामकुमारी खतिवडा, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक प्रवर्द्धन महाशाखाका प्रमुख सहसचिव दिनेश भट्टराई सरकारका तर्फबाट सहभागी छन् । उखु किसानले उखुको मूल्य भुक्तानी नपाएसम्म घर नफर्कने अडान लिएका किसानहरुले माइतीघर मण्डलामा निरन्तर धर्ना दिइरहेका छन् ।