गुट समाप्त नभएमा पार्टी नै समाप्त हुन्छ : सुजाता कोइराला


२०७६ पुष २७ भक्तपुर - नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले गुट समाप्त नभए पार्टी नै समाप्त हुने खतरा रहेकाे बताएका छन ।

आइतबार भक्तपुरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन भक्तपुरले आयोजित ‘जिपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तरक्रियामा कार्यक्रममा सुजाताले काँग्रेस बनाउन काँग्रेस भित्रका गुट उपगुट लाई समाप्त पर्नु पर्ने बताएका हुन । फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्ने भन्दै देशको सीमा मिचिँदा सरकार सँगै प्रमुख प्रतिपक्षले पनि आवाज उठाउनु पर्नेमा चुकेको बताए ।

सुजाताले देशको सीमा मिचिँदा सरकार राष्ट्रवादको कुरामै सीमित भएको बताउदै “देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ पारिरहेकाे उनले बताए । साे कार्यक्रममा पूर्वराजदूत जयराज आचार्यले सङ्क्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको बताए ।

यसै गरी अर्थशास्त्री डा विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसिसीबारे विस्तृत चर्चा गरेका थिए । साथै साे कार्यक्रममा भक्तपुरका जिल्ला काँग्रेस सभापति दुर्लभ थापा र फाउण्डेशनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपालकाे राजनीतिमा स्व. कोइरालाको योगदान र भुमिका बारे चर्चा गरेका थिए ।