गायक कर्म दोङ तामाङको नयाँ गीत “खुसी खोज्न “ बोलको गीत यहि शनिवार सार्वजनिक हुने




गायक कर्म दोङ तामाङले आफ्नो पछिल्लो गीत “माया नमार ” यहि शनिबार सार्वजानिक गर्ने भएको छ । गायकको आफ्नै शब्द संगीतमा रहेको उक्त गीतको म्युजिक भिडीयोमा गायक आफै मोडलको रूपमा चर्चित मोडल मिना तामाङ संग स्कृन शेयर गरेका छन् । उदय राज पौडेलको संगीत संयोजन, अशोक महर्जनको ध्वनी संपादन रहेको उक्त गीतमा जिग्मे मिडीयका संचालक सुर्य लामाको छायंकन , सम्पादन र निर्देशन रहेको छ ।
नेपाल र जापानको सुन्दर ठाँउहरूमा छायंकन गरिएको उक्त गीत जापानको छायंकन भने गायक भुवन सिं थापाले गरेका छन । काभ्रेको तिमालमा जन्मिनुभएका गायक कर्म एक दशक देखि गीत संगीत क्षेत्रमा लाग्दै आउनुभएका छन ।
“ सुनकोशी तरेर म आउला , सोल्टीनी माने आहिले बिहे गरम ... , यति धेरै माया दियौ.. , तिम्रो चौबन्धीको तुनामा तामाङ गीत “छेप्पका छासन सिल्बा क्युई.. “ जस्ता चर्चित गीतहरूमा स्वर दिइसक्नुभएका छन। जापानको विभिन्न सहरहरूमा आफ्नो प्रस्तुति दिइसक्नुभएका गायक कर्म हाल आफ्नो पढाई सकेर जापानमै कार्यरत छन ।
याे पनी हेर्नुस चन्चले चन्चले भिडियाे :