आज २० पौष २०७६ आइतवारको राशिफल


ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम वा रोजगार पाईनेछ । जाँगर र हिम्मत वढ्नेछ । आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला । मनमा चञ्चलता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मंगल कार्यको योगछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । व्यर्थको यात्रामा जान बाध्य भइएला पेट सम्बधी समस्या आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।मान प्रतिष्ठामा बृद्धि होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । कार्य सम्पादनमा समस्या आउला । मनमा सङ्का उत्पन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ । विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । आज शुभकार्यको चर्चा चल्नेछ । उपहार पाइने सम्भावनाछ ।