ए डिभिजन लिगमा आज दुई खेल हुँदै


२०७६ पुष २३ काठमाडौं- शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन । पहिलो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको थ्री स्टारले गत सिजन ब्रिगेडलाई फराकिलो अन्तरले स्तब्ध बनाएकाे थियो । तर याे सिजन केही स्टारले क्लब छाडेपछि थ्री स्टार नयाँ खेलाडी सहित लिग खेल्न उत्रिएको छ ।

यता, अधिकांश पुरानै अनुहार समावेश गरेको ब्रिगेडले नयाँ सिजन सिनियर खेलाडी समावेश गरेर सन्तुलित टिम बनाउन खोजेको छ । ब्रिगेड अघिल्लो सिजन थ्री स्टारसंग ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ । अन्तिम खेलमा आर्मीसँग पराजित थ्री स्टारले तीन अंकको लक्ष्य सहित मैदान उत्रने तयारी गरेको छ । थ्री स्टार ७ अंक सहित लिगको पाँचौं स्थानमा छ । ब्रिगेड ६ अंक सहित सातौं स्थानमा छ । यत पुलिस लिगको तेस्रो जितको खोजीमा हुनेछ भने च्यासल दोस्रो जित निकाल्न चाहन्छ । गत बर्ष भएको दुई टिमको भेटमा पुलिसले बाजी मारेको थियो । च्यासललाई भने पुलिससँग गत बर्ष लिगमा ब्यहोरेको हारको बदला लिने अवसर छ । पुलिस लिगमा ७ अंक सहित छैठौं र च्यासल ४ अंक सहित नवौं स्थानमा छ ।