अष्ट्रेलियामा पानी पर्यो, डढेलो नियन्त्रण गर्न सहज हुने अनुमान


२०७६ माघ २ - सिड्नी - लगातार खडेरी पछी अष्ट्रेलियाको जंगलमा लागेको भिषण आगलागी कारण आम मानिसको जनजीवन ज्यादै कष्टकर बन्दै गइरहेको छ । त्यहा आगलागीले कराेडाै बन्य जन्तु तथा जंगल बिनास भैसकेकाे छ । अष्ट्रेलियाका मौसम विदहरूले यो हप्ता पानी पर्ने अुमान गरेका थिए नभन्दै पुर्वी अष्ट्रेलियामा भिषण बर्षा भएकाे छ । बर्षा भएपछी त्यहाका नागरिकमा हदै सम्म खुशीयाली छाएकाे छ ।

किन भने साे वर्षाका कारण पनि महिनाै देखी दन्किरहेकाे आगो नियन्त्रणमा धेरै राहत मिल्रने भएकाे छ । त्यहा भएकाे भिषण डढेलोका कारण हालसम्म २८ जनाले ज्यान गुमाइ सकेका छन । मिडिया रिपोर्टका अनुसार न्यु साउथ वेल्स राज्यमा वर्षा भएको छ । यो क्षेत्र डढेलोबाट सबै भन्दा प्रभावित क्षेत्र हो । पानी परेपछी अागाे निभाउन खटिएका दमकलकर्मीहरुले पनि खुसी-याली व्यक्त गरेको बताइएको छ । साथै साे वर्षाका कारण आगो नियन्त्रणमा ठुलो मदत गर्ने अनुमान गरिएको छ । लामो समयदेखि पुर्व अष्ट्रेलियामा डढेलो हाल सम्म् पुर्ण नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण एक करोड हेक्टर भन्दा बढी भुभाग प्रभावित भएकाे छ भने भने २००० भन्दा बढी घरहरू जलेर खरानी भएका छन् । डढेलाेकाे कारण त्यहा रहेका हजाराै प्रजातिका पशुपन्छीहरू लोप हुने अवस्थामा पुगेका छन् ।