पाेर्चुगलमा समुद्रकाे छालले बगाउदा नेपाली दाजु भाइको ज्यान गयाे


२०७६ माघ १ पोर्चुगलकाे एक समुद्री किनारमा माछा मार्न जाँदा समुद्रकाे छालले बगाएर दुई नेपाली को ज्यान गएको छ ।

साे ङटनामा ज्यान गुमाउनेहरूमा धादिङ जिल्ला घर भएका दाजुभाइ कमल वाइबा तामाङ र श्याम वाइबा तामाङ रहेका छन। युराेपियन मुलुक पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रकाे समुन्द्रमा माछा मार्न गएकाउनीहरूलाई समुद्री छालले बगाउँदा बेपत्ता भएकाे स्थानीय अधिकारीहरुले बताएका थिए । नौ महिना अघि मात्र पोर्चुगल गएका उनीहरुले पोर्चुगलमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।