प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्नै शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति सम्मान व्यक्त गरी शहिस दिवस मनाइदैं


२०७६ माघ १६ - मुलुक र नागरिकको स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्मानमा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियाे ।

राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान दिएका थिए । बलिदानको त्यही गाथालाई शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ । तत्कालिन राणा शासनका बेला उहाँहरुलाइ मृत्युदण्ड दिइएको थियो । यध्यपी नेपालकाे प्रथम शहिद भने क्या. लखन थापा मगर हुन । देशमा राणाशासन अन्त्य गर्न उहाहरू सबैकाे देन हरेक नेपालीले कदापी भुल्न सक्दैनन ।